आज मंगलबार शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक १९.४३ अंकले घटेर २५२८.१६ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३१७ कम्पनीका ७४ लाख ८८ हजार २ सय ७३ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार २ सय ६२ रुपैयाँ ३५ पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३२ करोड ७ लाखको कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १६ करोड ९ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये शुभम पावर र ग्रामिण विकास लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशत बढेको छ। आज कारोबारमा आएका मध्ये समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने सामुदायिक लघुवित्तको शेयर मूल्य ७.५४ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका मध्ये हाइड्रो समूह सर्वाधिक १.७१ प्रतिशत घटेको छ भने ट्रेडिङ समूह सर्वाधिक १.४८ प्रतिशत बढेको छ।











