आर्थिक वर्ष २०८८१/८२ मा शेयर धितो कर्जा बढेर १ खर्ब ४० अर्ब ७० करोड पुगेको छ । २०८१ असारको तुलनामा २०८२ असारमा शेयर धितो कर्जा ५६.१७ प्रतिशतले बढेको हो। २०८१ असारमा यस्तो कर्जा ९० अर्ब ९ करोड ३२ लाख थियो।
कुल शेयर धितो कर्जा मध्ये वाणिज्य बैंकको हिस्सा ८३.०१ प्रतिशत रहेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड शेयर धितोकर्जा प्रवाह गरेका छन् । २०८१ साउनसम्म वाणिज्य बैंकहरुले प्रवाह गरेको शेयर धितोकर्जा ७० अर्ब ३४ करोड थियो।
वाणिज्य बैंकहरुले प्रवाह गरेको शेयर धितो कर्जामा नबिल बैंकले सबैभन्दा धेरै १६ अर्ब ७६ करोड शेयर धितोकर्जा प्रदान गरेको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले १२ अर्ब ३० करोड तथा कुमारी बैंकले १० अर्ब ४३ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने शेयर धितोकर्जा प्रदान गर्ने गरेको छैन ।
हेर्नुस् २०८२ असारसम्म कुन वाणिज्य बैंकको शेयर धितो कर्जा कति ?










