Thursday, June 25, 2026
spot_img

लक्ष्मी सनराइज बैंकमा खेतान समूहले ह्वात्तै बढायो स्वामित्व, ६ करोड ६० लाख कित्ताको होल्डिङ

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकमा खेतान समूहले आफ्नो स्वामित्व ह्वात्तै बढाएको छ। उद्यमी राजेन्द्र कुमार खेतानले आफ्नो नाममा, आफ्ना परिवारका सदस्यको नाममा, र समूहको लगानी रहेका कम्पनीहरुमा नाममा गरि आफ्नो समूहको स्वामित्व बढाएका हुन् ।

राजेन्द्र खेतानले पछिल्लो समय बैंकका संस्थापक शेयरधनीहरु कैलाश चन्द्र गोयल, श्रवण कुमार गोयल, भोगेन्द्र कुमार गुरागाई र भुशन गुरागाईको स्वामित्वमा रहेको सेयर खरिद गरेका छन्। थप शेयर खरिद गरेसंगै संस्थापक र सर्वसाधारण समूहको गरेर राजेन्द्र खेतानसँग मात्र बैंकको १ करोड ६२ लाख कित्ता बढी शेयर स्वामित्व पुगेको छ । जुन बैंकको कुल शेयरको ६ प्रतिशत भन्दा धेरै हो। बैंकको हालको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ।

खेतान निकट स्रोतका अनुसार बैंकमा राजेन्द्र खेतानकी श्रीमती सारिका खेतान र छोरी स्नेहा खेतानसँग पनि समान १ करोड कित्ता बढी शेयर स्वामित्व पुगेको छ । राजेन्द्र खेतानकी बहिनि पुजा अग्रवाल खेतानको २७ लाख कित्ता बढी शेयर रहेको छ ।  यी बाहेक राजेन्द्र खेतान समूहको नाममा रहेका कम्पनीहरु एमटिसी इन्भेष्टमेन्ट प्रालि, लक्ष्मी कर्प नेपाल प्रालि, हिमालयन एक्जिम प्रालिसँग बैंकको २ करोड कित्ता बढी शेयर स्वामित्व पुगेको ति स्रोतको भनाई छ।

यसरी राजेन्द्र कुमार खेतानको आफ्नो नाममा, आफ्ना परिवारका सदस्यको नाममा, र समूहको लगानी रहेका कम्पनीहरुमा नाममा गरि बैंकको ६ करोड ६० लाख कित्ता बढी शेयर स्वामित्व पुगेको देखिन्छ । जुन बैंकको कुल पुँजीको २७ प्रतिशत भन्दा धेरै हुन आउँछ। यस हिसाबमा खेतान समूहले लक्ष्मी सनराइज बैंकमा आफ्नो कन्ट्रोल २७ प्रतिशत भन्दा धेरै पुर्याएको छ।

वाणिज्य बैंकको प्रतिफल घट्दो क्रममा रहेको भन्दै भएका संस्थापक शेयरधनीहरु बैंकबाट बाहिरिन खोजिरहेको बेला खेतान समूहले भने बैंकमा आफ्नो स्वामित्व बढाउनुलाई चासोका साथ हेरिएको छ।

‘फोन पे’मा पनि प्रवेश गर्दै

लक्ष्मी सनराइज बैंकमा स्वामित्व बढाएको खेतान समूह फोन पेमा पनि प्रवेश गर्दै छ। खेतान समूहले फोन पेको २० प्रतिशत सेयर स्वामित्व लिएर फोन पेमा प्रवेश गर्न लागेको हो।

फोन पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको रुपमा कार्य गर्न अनुमति प्राप्त संस्था हो, जुन माउ कम्पनी एफ वान सफ्ट अन्तर्गत संचालित छ।

शेयर खरिद गर्नको लागि खेतान समूह र फोन पे बीच प्रारम्भिक सम्झौता भईसकेको छ। प्रारम्भिक सम्झौता गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाईएको छ। राष्ट्र बैंकले शेयर खरिद गर्न चाहेको समूहको  ‘फिट एन्ड पर्पर टेस्ट’ गरेर शेयर खरिद गर्न योग्य देखिएमा स्वीकृति दिनेछ र शेयर खरिद-बिक्री प्रक्रिया अघि बढ्नेछ ।

प्रारम्भिक सम्झौता अनुसार खेतान समूहले १ अर्ब ४० करोडमा फोन पेको २० प्रतिशत शेयर खरिद गर्ने छ । फोनपेको चुक्ता पुँजी ५० करोड ५० लाख रहेको छ। फोनपेको भ्यालुएसन ७ अर्बको कायम गरेर खेतान समूह फोन पेमा प्रवेश गर्न लागेको हो ।

खेतान समूहले ग्लोबल इक्विटी फण्ड अन्तर्गतको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड र नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड-१ मार्फत फोन पे मा लगानी गर्न लागेको बताईएको छ।

फोनपेले नेपालमा मात्र नभई अन्तरदेशीय क्यूआर भुक्तानी सेवा प्रदान गरिरहेको छ । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्छन् । हाल फोनपेका अध्यक्ष सशिन जोशी छन् भने अन्य संचालकमा सिद्धान्त ठकुरी र सम्भव सिरोहिया छन् । फोनपेका सीइओ दिवस कुमार हुन्।

खेतान समूहका अध्यक्ष राजेन्द्र खेतान हुन् । समूहको वित्तीय क्षेत्र, बिमा कम्पनी, आइटी, भेञ्चर क्यापिटलमा लगानी रहेको छ।

गत वर्ष खेतान समूहले गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इण्डियामा रहेको आफ्नो सबै शेयर १ खर्बमा बिक्री गरेको थियो। त्यसको रकम खेतान समूहले विभिन्न क्षेत्रमा लगानी गर्दै लगेको देखिन्छ। केही समय अघि खेतान समूहका चन्द्रप्रकाश (सीपी) खेतानले सिंगापुरमा चर्चित बुटिक होटल खरिद गरेका थिए।  उनले ८० मिलियन सिंगापुर डलर (करिब  ८ अर्ब ४४ करोड नेपाली रुपैयाँ) मा डक्सटन रिजर्व होटल खरिद गरेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

टाइम फर्मास्यूटिकल्स आईपीओ: शेयर मूल्य ६०० रुपैयाँ प्रस्ताव, ३ वर्षमा ६६.३२ प्रतिशत लाभांश

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने...

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img