Sunday, June 7, 2026
spot_img

सिडीएससीमा दर्ता भयो ट्रेड टावरको शेयर, कारोबार कहिले ?

spot_img
spot_img

ट्रेड टावर लिमिटेडले निष्काशन गरेको शेयर सिडीएससीमा दर्ता भएको छ। आज बुधबार सिडीएससी, ट्रेड टावर लिमिटेड (निष्काशनकर्ता) तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। शेयर दर्ता भएसंगै अब शेयर परेका लगानीकर्ताको डिम्याट खातामा शेयर आउने छ ।

त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको शेयर बाँडफाँड गरेको थियो।  कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको थियो। गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले शेयर पाएका थिए ।

यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ।

यस कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै शेयर स्वामित्व रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...
spot_img