Tuesday, July 15, 2025

सिडीएससीमा दर्ता भयो ट्रेड टावरको शेयर, कारोबार कहिले ?

spot_img
spot_img

ट्रेड टावर लिमिटेडले निष्काशन गरेको शेयर सिडीएससीमा दर्ता भएको छ। आज बुधबार सिडीएससी, ट्रेड टावर लिमिटेड (निष्काशनकर्ता) तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। शेयर दर्ता भएसंगै अब शेयर परेका लगानीकर्ताको डिम्याट खातामा शेयर आउने छ ।

त्यसपछि यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।

बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको शेयर बाँडफाँड गरेको थियो।  कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २० लाख ७४ हजार २ सय ८५ जनाले २ करोड ४१ लाख १७ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको थियो। गोलाप्रथाबाट ३ लाख २९ हजार ६ सय ५० जनाले शेयर पाएका थिए ।

यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ।

यस कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै शेयर स्वामित्व रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ...

यस वर्षको ‘इप्पान उर्जा ज्योति सम्मान’ प्रबल अधिकारीलाई 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले यस वर्षको 'इप्पान उर्जा...
spot_img