Sunday, August 2, 2026
spot_img

कुन मूल्यमा भयो क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो शेयर कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहीबारबाट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुचारु भएको छ। कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३०२.५ रुपैयाँमा भएको छ ।

कम्पनीको शेयर CREST सिम्बलबाट कारोबार सुरु भएको हो। कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १००.८६ रुपैयाँ देखि ३०२.५८ रुपैयाँको सुरुवाती रेन्ज तोकेको थियो। यस रेन्चको बीचमा रहेको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा ३०२.५ रुपैयाँमा पहिलो कारोबार भएको हो।  हिजो बुधबार कम्पनीको ७५ लाख कित्ता शेयर सूचीकृत भएको थियो  ।

कम्पनीले निष्काशन गरेको आईपीओ  गत चैत्र २५ गते बाँडफाँड भएको थियो। सर्वसाधारणतर्फ कुल १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले कम्पनीको शेयर पाएका थिए। नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...
spot_img