Friday, July 17, 2026
spot_img

इन्भेष्टमेन्ट कम्पनीले दोस्रो बजारमार्फत शेयर किन्न नपाउने, एनआरएनको सबै पैसा फिर्ता

spot_img

नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचीकृत इन्भेष्टमेन्ट कम्पनीहरुले दोस्रो बजारमार्फत कुनै पनि कम्पनीको शेयर खरिद गर्न नपाउने व्यस्था गरेको छ । बोर्डले २०७५ मङ्सिर १२ गते र २०७६ वैशाख ३० गते नै यसबारेको निर्णय गरेको थियो ।

बोर्डले २०८१ फागुन २२ गते सम्पूर्ण निष्काशन तथा बिक्री प्रबन्धकहरुलाई पत्राचार गर्दै यस व्यवस्थाको कार्यान्वयनको लागि निर्देशन दिएको छ ।

पछिल्लो समय एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले लाइफ इन्योरेन्स कर्पोरेशनले लिलामीमा ल्याएको शेयरमा आवेदन दिएको थियो । एनआरएनले आवेदन दिएको मात्र नभई लिलामीमा आएको ९६ प्रतिशतभन्दा धेरै शेयर प्राप्त गरेको थियो।  लाइफ इन्योरेन्स कर्पोरेशनले कुल ४ लाख ९२ हजार ५ सय ७७ कित्ता शेयर लिलाममा ल्याएकोमा एनआएएनले  ४ लाख ७५ हजार ७ सय कित्ता सेयर पाएको थियो। एनआरएनले धेरै शेयर महँगोमा खरिद गर्नको लागि लिलामीमा आवेदन दिएकोले लाइफ इन्स्योरेन्स कर्पोरेशनले लिलामीमा ल्याएको शेयरको कटअफ मूल्य १०२२ रुपैयाँ कायम भएको थियो।

तर नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुले दोस्रो बजारबाट शेयर खरिद गर्न नपाउने र लिलामीको शेयरमा पनि आवेदन दिन नसक्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि लाइफ इन्स्योरेन्स कर्पोरेशनले लिलामीमा ल्याएको शेयरहरु पुन: बाँडफाँड गरिएको थियो। एनआरएनले दिएका सबै आवेदन रद्द गरेर शेयर फेरि बाँडफाँड गर्दा कटअफ मूल्य घटेर ९६१ रुपैयाँ ५० पैसा कायम भएको थियो। एनआरएनले आवेदन दिएको सबै पैसा फिर्ता भएको थियो ।

धितोपत्र बोर्डका अनुसार प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्राप्त लगानी कम्पनीले आर्थिक पूर्वाधार (उर्जा, यातायात र संचार) सँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजार मार्फत धितोपत्र खरिद गर्न पाउदैनन् ।

बोर्डले हालसम्म एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, सिइडिबी होल्डिङ्गस् लिमिटेड (साविक सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड), इमर्जिङ्ग नेपाल लिमिटेड र हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ । यी कम्पनीहरुले लिलाम बढावड प्रक्रिया मार्फत शेयर खरिद गर्न नपाउने व्यवस्था रहेको बोर्डले प्रष्ट पारेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img