Friday, April 10, 2026
spot_img
spot_img

शेयरबजारमा गिरावट: २ कम्पनीमा सकारात्मक सर्किट

spot_img
spot_img

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ११.४९ अंकले घटेर २६८८.३१ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३०५ कम्पनीका १ करोड ५८ लाख ५५ हजार ६ सय १० कित्ता शेयर खरिद बिक्रीबाट ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६ सय २८ रुपैयाँ ९७ पैसाको कारोबार भएको छ। जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको सर्वाधिक ३१ करोड १६ लाखको कारोबार भएको छ भने सीईडीबी होल्डिंग्सको ३० करोड ६२ लाखको कारोबार भएको छ। त्यस्तै सेन्ट्रल फाइनान्सको २० करोड ७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्स र गार्डीयन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै उपकार लघुवित्तको शेयर मूल्य ६.०६ प्रतिशत बढेको छ भने इन्फीनीटी लघुवित्तको शेयर मूल्य ६.०२ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ६.५२ प्रतिशत घटेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य ५.६१ प्रतिशत घटेको छ। त्यस्तै भूगोल इनर्जीको शेयर मूल्य ४.६४ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये विकास बैंक समूह सर्वाधिक १.३५ प्रतिशत घटेको छ भने ट्रेडिङ समूह सर्वाधिक १.३९ प्रतिशत बढेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२२९ भोट सहित २५ वर्षिया रुवीकुमारी उपसभामुख निर्वाचित

प्रतिनिधिसभाको उपभामुख पदका रुवीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।...

ऋणपत्र निष्काशनको अनुमति माग्दै प्राइम कमर्शियल बैंकले दियो आवेदन

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल...

नागरिक एपमा एक हप्ताभित्रै यी ३ सेवा थपिँदै

सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष...

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...
spot_img