Saturday, July 18, 2026
spot_img

मङ्सिरमा शेयर लगानीकर्ताले तिरे १ अर्ब बढी लाभकर, कसले कति ?

spot_img

चालु आर्थिक वर्ष २०८१/८२ को पाचौ महिनामा शेयर लगानीकर्ताले १ अर्ब बढी पुँजीगत लाभकर तिरेका छन् । २०८१ मङ्सिर महिनामा शेयर लगानीकर्ताले १ अर्ब ४ करोड ६ लाख २३ हजार ५ सय १४ रुपैयाँ ३६ पैसा बराबरको पुँजीगत लाभकर तिरेका हुन्।

जस मध्ये व्यक्तिगत लगानीकर्ताले तिरेको दीर्घकालीन पुँजीगत लाभकरको हिस्सा ३१ करोड ११ हजार ९ सय ७८ रुपैयाँ ०२ पैसा रहेको छ भने व्यक्तिगत लगानीकर्ताले तिरेको अल्पकालीन लाभकरको हिस्सा ६४ करोड २७ लाख ९१ हजार ६ सय ३ रुपैयाँ ७१ पैसा रहेको छ । कुल पुँजीगत लाभकरमा अल्पकालीन लगानीकर्ताले तिरेको पुँजीगत लाभकर ६१.७६ प्रतिशत रहेको छ ।

मङ्सिर महिनामा संस्थागत लगानीकर्ताले ८ करोड ७२ लाख १७ हजार ७ सय ६६ रुपैयाँ ३१ पैसा पुँजीगत लाभकर तिरेका छन् भने स्टक डिलरले ६ लाख २ हजार १ सय ६६ रुपैयाँ ३२ पैसा पुँजीगत लाभकर तिरेका छन् ।

२०८१ कार्तिक महिनामा शेयर लगानीकर्ताले ७५ करोड ८७ लाख पुँजीगत लाभकर तिरेका थिए । कार्तिक महिनाको तुलनामा मङ्सिरमा पुँजीगत लाभकर ३७.१४ प्रतिशतले बढेको हो ।

असोज महिनामा भने शेयर लगानीकर्ताले ५८ करोड ६५ लाख पुँजीगत लाभकर तिरेका थिए ।  तर असोज महिनामा दशैँ विदा, संविधान दिवसको विदा तथा इन्द्र जात्राको विदाको कारण कुल १६ दिन मात्र शेयर कारोबार भएको थियो  ।

२०८१ भदौमा भने लगानीकर्ताले २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६ सय ७ रुपैयाँ ९७ पैसा बराबरको पुँजीगत लाभकर तिरेका थिए । २०८१ साउनमा लगानीकर्ताले ४ अर्ब २३ करोड ५३ लाख पुँजीगत लाभकर तिरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img