बधबार नेप्से परिसूचक केहि अंकले बढेको छ। आज ६.३७ अंकले बढेर नेप्से परिसूचक २१२१.६२ विन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनिको शेयर खरिदबिक्रीमा ५ अर्ब ८९ करोड ४० लाख रकम बराबरको कारोबार भएको छ ।
आज ४ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिडसोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था र ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
तेस्तै सबै भन्दा बढी रकम एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको मात्र २७ करोड ६३ लाख भन्दा बढी रकमको कारोबार भएको ।