Thursday, May 14, 2026
spot_img

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको आईपीओ कम्तिमा १ हजार कित्ता भर्नु पर्ने

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गरेको छ । बोर्डले निर्देशिका संशोधन गर्दै धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ लागु गरेको हो।

निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशन तथा कारोबार सम्बन्धी विशेष व्यवस्था छ । “संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी” भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हो । “गैरआवासीय नेपाली” भन्नाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका विदेशी मुलुकको नागरिकता वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपाली हो ।

निर्देशिका अनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको शेयर निष्काशन गर्नु पूर्व धितोपत्र बोर्डमा दर्ता गर्नु पर्नेछ । बोर्डले  विवरणपत्र उपयुक्त देखिएमा सात कार्य दिनभित्र विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्नेछ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ । सो अवधिभित्र निष्काशन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा पन्ध्र दिनका लागि शेयरको दरखास्त खुला राख्न सक्नेछ ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्नेछ ।

यस्तो शेयरमा आवेदन दिनका लागि आवेदकको धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न आश्वा अनुमति प्राप्त कुनै बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी सम्बन्धी प्रचलित कानूनी व्यवस्था पूरा गरी आफ्नो नाममा गैर अवासीय नेपालीको नेपाली रुपैयाँकोबैंक खाता हुनुपर्नेछ । अर्थात् गैर आवासीय नेपालीले मात्र यस्तो आईपीओ भर्न पाउने छन् ।  आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैर आवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ ।

यस्तो शेयर कारोबार हुँदा कारोबार इकाई न्यूनतम एक हजार कित्ता हुनु पर्ने छ । कम्पनीको शेयरको कारोबार गैरआवासीय नेपालीबिच मात्र हुनेछ ।  संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्काशन गरेको शेयर बाडँफाँड भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन ।

हाल नेपाल सरकार र गैर आवासीय नेपालीहरुको लगानी रहेको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले गैर आवासीय नेपालीहरुको लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । अहिलेको निर्देशिका संशोधन भएसंगै सो कम्पनीलाई आईपीओ निकाल्ने बाटो खुलेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ...

विक्रम पाण्डेलाई ४ लाख धरौटीमा छोड्न आदेश

निर्माण व्यवसायीसमेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलाई ४...

रक्षा, गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै

मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र...

भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएपनि हामीलाई असर पर्दैन (भिडियो)

भारत सरकारले चिनीको निकासीमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर...

बालेन सरकारले भन्यो, ‘नयाँ सामान नकिन्नू, मर्मत गरेर काम चलाउनू’

सरकारले सरकारी निकायहरुलाई अनावश्यक सामग्री नकिन्न र मर्मत गरेर...

सुजुकी e-VITARA को देशव्यापी हस्तान्तरण सुरु

सीजी मोटोकर्पले सुजुकी e VITARA को देशव्यापी हस्तान्तरण सुरु...
spot_img