Tuesday, July 28, 2026
spot_img

राष्ट्र बैंकद्वारा हिमालयन बैंकलाई कारवाही

spot_img

नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले  आ.व.२०८२/८३ को तेस्रो त्रयमासमा हिमालयन बैंकलाई कारवाही गरेको हो।

राष्ट्र बैंकले दुई वटा कसुरमा हिमालयन बैंकलाई कारवाही गरेको हो। कारवाही स्वरूप राष्ट्र बैंकले हिमालयन बैंकका सीइओ र संचालकसमितिलाई सचेत गराएको छ। साथै सुधारात्मक कदम चाल्न संचालक समिति कबुलियतनामा गराईएको छ ।

राष्ट्र बैंकका अनुसार हिमालयन बैंक लिमिटेडको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणको क्रममा बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा दबअप मबतभ बाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको, बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण÷पुनरसंरचना गरेको, पुनरतालिकिकरण÷पुनरसंरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण÷पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा नै वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेका Force Loan लाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएकोले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो ।

त्यस्तै राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा १ (ख) बमोजिम राष्ट्र बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेकोले हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा गराइएको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img