मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा कर्जा विस्तार, नाफा वृद्धि, ब्याज आम्दानी र गैर–ब्याज आम्दानीमा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।
यस अवधिमा बैंकको कर्जा लगानी अघिल्लो वर्षको यस अवधिको तुलनामा ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँ अर्थात् ४.९४ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
बैंकको खुद नाफा पनि ४३.४४ प्रतिशतले बढेर ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १ अर्ब २१ करोड ७६ लाख र कमिसन आम्दानी २२ करोड रुपैयाँ नाघेको छ।
बैंकको कुल सम्पत्ति पनि १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । निक्षेप पनि २.२ प्रतिशतले बढेको छ ।










