Thursday, August 6, 2026
spot_img

सर्वसाधारणले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज असार २ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २८ गतेदेखि आम सर्वसाधारणलाई  ७ लाख ५ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले विभिन्न प्राइमर तथा रङ्गहरु उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ। कम्पनीका अध्यक्ष शिव सिंह कार्की हुन् भने अन्य संचालकमा लक्ष्मीई दत्त पाण्डेय , नविन प्रसाद भट्ट र कमलेश पाण्डेय रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...
spot_img