Monday, April 27, 2026
spot_img
spot_img

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, स्थानीयले ३०० कित्तासम्म पाए शेयर

spot_img
spot_img

कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो।  कम्पनीले चैत्र १० गतेदेखि चैत्र २४ गते स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार यस आईपीओमा अति प्रभाविततर्फ ३ हजार ४ सय ७५ जनाको आवेदन परेकोमा ३ हजार ४ सय ४१ जनाको आवेदन मात्र योग्य भएको छ। अति प्रभाविततर्फ २७० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । ३०० देखि १५ हजार कित्तासम्मको लागि आवेदन दिनेले समान २९० कित्ता शेयर पाएका छन् । २९० कित्ता शेयर पाउनेहरु मध्येलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा १७७ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आयोजना अति प्रभावितले अधिकतम ३०० कित्तासम्म शेयर पाएका छन् ।

प्रभाविततर्फ भने ३ हजार १ सय जनाको आवेदन परेकोमा ३ हजार ८१ जनाको आवेदन मात्र योग्य भएको छ। जसमा २०० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । २१० देखि ५ हजार कित्तासम्मको लागि आवेदन दिनेले समान २०० कित्ता शेयर पाएका छन् । २०० कित्ता शेयर पाउनेहरु मध्येलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ३७९ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आयोजना प्रभावितले अधिकतम २१० कित्तासम्म शेयर पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।  यस कम्पनीले बझांगमा  १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।

अब कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पुरानो गाडीसँग साटेर नयाँ प्रोटोन लैजाने अवसर

नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड...

महँगो लागतले डिजेल-पेट्रोल गाडीलाई ईभी बनाउन इच्छुक छैनन् व्यवसायी, खोजे छुट सुविधा

सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न...

आर्थिक रुपान्तरणको तयारीमा सरकार, यी ४ क्षेत्रलाई अघि सारिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न...

अर्थमन्त्रीले ल्याए श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको भनाई (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्।...

सिडिएसको कामु सीइओमा सापकोटा

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ३...
spot_img