Monday, April 20, 2026
spot_img
spot_img

नर्भिक हस्पिटलको आईपीओ: प्रति कित्ता मूल्य ९९० हुने अनुमान, अर्को वर्ष ५० प्रतिशत लाभांश

spot_img
spot_img

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले त्यसको लागि वैशाख ११ गते शुक्रबार रोडशो (छलफल) कार्यक्रम गर्ने भएको छ ।

कम्पनीले बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा (७) उपदफा (१) बमोजिम प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई सोही निर्देशिकाको दफा (८) को व्यवस्था अनुरुप आशय मूल्य , योग्य संस्थागत लगानीकर्ताले खरीद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्याङ्गनको आधार सहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सो समेत प्राप्त गर्ने प्रयोजनका छलफल कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

हाल कम्पनीको जारी पुँजी १ अर्ब २ करोड रहेको छ । कम्पनीले त्यसको २० प्रतिशत अर्थात् २० करोड ४१ लाख २० हजार रुपैयाँ बराबरको २० लाख ४१ हजार २ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। त्यसको ४० प्रतिशत अर्थात् ८ लाख १६ हजार ४ सय ८० कित्ता योग्य संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ। बाँकी रहेको ६० प्रतिशत अर्थात् १२ लाख २४ हजार ७ सय २० कित्ता शेयर आम सर्वसाधारणमा निष्काशन हुने छ।

कम्पनीले आईपीओ निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताको लागि छुट्याईएको शेयरको मूल्य प्रति कित्ता एक हजार १ सय रुपैयाँ कायम हुने अनुमान गरेको छ । त्यस्तै सर्वसाधारणलाई शेयर निष्काशन गर्दा संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको मूल्य भन्दा १० प्रतिशत छुट दिएर शेयर निष्काशन गर्नु पर्ने व्यवस्था रहेकोले लगानीकर्तालाई प्रति कित्ता ९९० रुपैयाँमा शेयर निष्काशन हुने कम्पनीको अनुमान छ।

यद्यपि यो कम्पनीको अनुमान मात्र हो। योग्य संस्थागत लगानीकर्ताहरुसँगको छलफलपछि उनीहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्छ, त्यसपछि आशय मूल्यको अध्ययन गरि आधार मूल्य तय हुन्छ । सो पछि शेयरको बिक्री मूल्य सीमा निर्धारण गर्नु पर्छ, सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउदा हुने मूल्य कायम गर्नुपर्नेछ । सीमा निर्धारण गरेर योग्य संस्थागत लगानीकर्ताहरुमा शेयर निष्काशन हुनेछ। त्यसपछि प्राप्त आवेदन बाट कट अफ मूल्य तय गर्नु पर्छ। अहिले भने कम्पनीले यस्तो कट अफ मूल्य ११०० रुपैयाँ हुने अनुमान गरेको हो।

कस्तो छ वित्तीय अवस्था ?

कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १६ करोड ७१ लाख खुद नाफा कमाएको थियो भने आर्थिक वर्ष २०८१/८२ मा २७ करोड ४० लाख खुद नाफा कमाएको थियो। २०८२ पुस मसान्तसम्म कम्पनीले २६ करोड ९० लाख खुद नाफा कमाएको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ४६ करोड ९५ लाख, आर्थिक वर्ष २०८३/८४ मा ५६ करोड २३ लाख र आर्थिक वर्ष २०८४/८५ मा ७३ करोड १६ लाख खुद नाफा कमाउने प्रोजेक्सन गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति शेयर आम्दानी ४६.९८ रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा प्रति शेयर आम्दानी २८.६८ रुपैयाँ (अपरिस्कृत) रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३, आर्थिक वर्ष २०८३/८४ र २०८४/८५ मा प्रति शेयर आम्दानी क्रमश ५७.५१ रुपैयाँ, ५५.१० रुपैयाँ , र ७१.६९ रुपैयाँ हुने प्रोजेक्सन गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति शेयर नेटवर्थ (सम्पत्ति पुनर्मूल्यांकन सहित) ५७६.८९ रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा प्रति शेयर नेटवर्थ ४३९.२५ रुपैयाँ (अपरिस्कृत) रहेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३, आर्थिक वर्ष २०८३/८४ र २०८४/८५ मा प्रति शेयर नेटवर्थ क्रमश ४६८.०७ रुपैयाँ, ५९२.९८ रुपैयाँ , र ६०१.५२ रुपैयाँ हुने प्रोजेक्सन गरेको छ।

कम्पनीले वित्तीय वर्ष २०८३-८४ मा अंकित मूल्यको ५० प्रतिशत , २०८४-८५ मा ६० प्रतिशत, २०८५-८६ मा ७० प्रतिशत, २०८६-८७ मा ९० प्रतिशत, २०८७-८८ देखि २०८९-९० सम्म वार्षिक १०५ प्रतिशत र त्यसपछि दुई वर्षको लागि वार्षिक १२० प्रतिशत लाभांश वितरण गर्ने प्रोजेक्सन गरेको छ।

को को छन् संस्थापक र संचालक ?

कम्पनीमा संस्थापक शेयरधनीहरुसँग ८१ लाख ८४ हजार ८ सय कित्ता शेयर रहेको छ । कम्पनीका आधारभूत संस्थापक शेयरधनी मध्ये मेघा चौधरीसँग ४ लाख १४ हजार ८ सय १२ कित्ता, बसन्त चौधरीसँग ४० लाख ३५ हजार ४ सय ८३ कित्ता, बिएलसी ग्लोबल होल्डिंग प्रालिसँग २७ लाख ९४ हजार ३ सय ५८ कित्ता, मिना कुमारी अग्रवालसँग २ लाख ५९ हजार कित्ता, परमादेवी अग्रवालसँग १ लाख ४० हजार कित्ता, श्रद्धा अग्रवालसँग १ लाख ४० हजार कित्ता तथा टिबडेवाला एण्ड सन्स प्रालिसँग १ लाख ४० हजार कित्ता शेयर रहेकोछ।

कम्पनीका अध्यक्ष राजेन्द्र बहादुर सिंह हुन् भने अन्य संचालकमा मेघा चौधरी, मनिष कुमार खेमका, गजेन्द्र मान श्रेष्ठ र भुवन चन्द्र भट्ट रहेका छन् ।

 कस्तो छ कम्पनी ?

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड सन् १९९३ मा ३० शय्या क्षमता भएको नर्भिक हेल्थ केयर एण्ड रिसर्च सेन्टरको रुपमा दर्ता भएको थियो । यसले सन् १९९४ मा भाडाको घरबाट सञ्चालन सुरु गरेको थियो र १९९५ मा थापाथलीस्थित आफ्नो स्थायी परिसरमा सारिएको थियो । सन् १९९८ मा नर्भिकले अन्तराष्ट्रिय ख्यातिप्राप्त हार्ट कमान्ड सेन्टरको रुपमा विकास गर्न नयादिल्लीको एस्कट्स हार्ट इन्स्टिच्युटसँग सम्झौतामा हस्ताक्षर गरेको थियो, जुन सोही वर्ष सञ्चालन गर्न स्वास्थ्य सेवा विभागबाट स्वीकृति प्राप्त गरेको थियो । सन् २००२ मा नर्भिकले गुणस्तर व्यवस्थापन प्रणालीका लागि ISO 9001:2000 प्रमाणीकरण प्राप्त गरेको थियो ।

सन् २००४ मा, नर्भिकले एन्डोस्कोपी, सिग्मोइडोस्कोपी र कोलोनोस्कोपी जस्ता सुविधाहरूले सुसज्जित अत्याधुनिक पाचन रोग केन्द्र स्थापना गन्यो । सन् २००९ मा अस्पतालले घरेलु र अन्तराष्ट्रिय बजार दुवैका लागि दक्ष स्वास्थ्य सेवा पेशेवरहरू विकास गर्न नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन स्थापना गन्यो । सन् २०१४ मा नर्भिकले उन्नत लुनकरणदास चौधरी डायग्नोस्टिक सेन्टर सुरु गयो, जसले एउटै छानामुनि सीटी स्क्यान, म्यामोग्राफी र आधुनिक प्याथोलोजी ल्यावजस्ता सेवाहरूलाई एकीकृत गयो । सन् २०१५ मा, नर्भिकले पूर्ण रुपमा सुसज्जित मोबाइल सीसीयुहरू प्रस्तुत गरेर आफ्नो एम्बुलेन्स फ्लीट विस्तार गयो । सन् २०१६ मा अस्पतालले नेपालको पहिलो समर्पित ग्यास्ट्रो इन्टेस्टाइनल इन्टेन्सिभ केयर युनिट स्थापना गरेर अर्को कोसेढुङ्गा चिन्ह लगायो । सोही वर्ष यसले विदेशी विरामीहरूका लागि समर्पित आपतकालीन सेवा, अन्तराष्ट्रिय आपतकालीन केयर युनिटलाई पनि कार्यात्मक बनायो र अत्याधुनिक मोड्युलर अपरेटिड थिएटरहरू प्रस्तुत गयो ।

सन् २०१७ मा नर्भिकले सबैभन्दा उन्नत १२८ – स्लाइस सीटी स्क्यान मेसिनमध्ये एक र अडियो भिजुअल विरामी अनुभव प्रणालीसहितको ३-टेस्ला साइलेन्ट एमआरआई थप्यो । अस्पतालले धेरै प्रतिष्ठित पुरस्कारहरू प्राप्त गयो, जसमा लन्डन, बेलायतमा युरोप व्यापार सभाद्वारा ‘सर्वश्रेष्ठ क्षेत्रीय अस्पताल’, अक्सफोर्ड, बेलायतको सोक्रेटिस नामांकन समितिद्वारा ‘वर्षको प्रबन्धक पुरस्कार’ र नेपालमा १२ औं रोजगारदाता ब्रान्डिङ पुरस्कारमा ‘नेपाल सर्वश्रेष्ठ रोजगारदाता ब्रान्ड पुरस्कार’ समावेश छन् । सन् २०१८ मा नर्भिकले नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको २५ वर्ष पूरा गर्दै आफ्नो रजत जयन्ती मनायो । सोही वर्ष यसले आफ्नो महत्वाकांक्षी ‘भिजन २०२५’ विस्तार योजना कार्यान्वयन गर्न थाल्यो ।

सन् २०२१ मा कोभिड – १९ महामारीको समयमा संक्रमित बिरामीहरूको उपचार गर्न आफ्नो ९० प्रतिशत बेडहरूलाई कोभिड वार्डमा रुपान्तरण गन्यो । सोही वर्ष यो पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भयो र आनुवंशिक स्क्रिनिङ र परामर्श सेवाहरू सहितको नेपालको पहिलो आईभीएफ प्रयोगशाला सुरु गयो । सन् २०२२ मा नर्भिकले पहिलो पटक रेनल ट्रान्सप्लान्ट सेवा सुरु गर्यो । सन् २०२३ मा नयाँ अस्पताल शाखाको निर्माण सुरु भयो । सन् २०२५ मा, नर्भिकले फाइब्रो स्क्यान र EBUS मेसिनहरू सहित अत्याधुनिक निदान प्रविधिहरू प्रस्तुत गयो, जसले यसको निदान क्षमताहरूलाई अझ अगाडि बढायो ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६८ हजार ४ सय ७५ जनाले पाए शेयर

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

आज घरेलु मैदानमै फ्लडलाइटमा युएईसँग ऐतिहासिक टि २० क्रिकेट खेल्दै नेपाल

नेपालले आज आफ्नो घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि...
spot_img