स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत्र ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो।
यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले माघ १८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले ताप्लेजुङमा १३.५० मेगावाट क्षमताको सुपर काबेली खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ पुस ५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
यस कम्पनी अध्यक्ष मोहन बिक्रम कार्की हुन् । कम्पनीका अन्य ठूला शेयरधनीमा नेशनल इक्विटी फण्ड वान, प्रताप गुरुङ, तरा बहादुर कार्की, कृष्ण प्रसाद न्यौपाने लगायत रहेका छन्।









