नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा उम्मेदवारी दिएका जिश्वा तुलाधर श्रेष्ठले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेकी छिन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन, नयाँ र साना पर्यटन व्यवसायीलाई प्रोत्साहन, पर्यटकीय बसपार्क तथा अन्तर शहरी बस सञ्जाल विस्तार लगायतका एजेन्डा उनले प्रस्तुत गरेकी छिन् ।
यस्तै, प्रादेशिक विकास तथा हवाई सञ्जाल सुदृढिकरण, स्मार्ट नाट्टाको अवधारणा, हवाई टिकटमा लगाइएको भ्याट पुनरावलोकनको पहल गर्ने विषय पनि उनले आफ्नो प्रतिवद्धतामा समेटेकी छिन् ।
जिश्वा तुलाधर श्रेष्ठले नाट्टाको आगामी कार्यकालका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएकी छिन् ।









