सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १२ लाख ८६ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो।
यस निष्काशनमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले पुस ६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।
यस कम्पनीले लमजुंगमा २६ मेगावाट क्षमताको अपर खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८३.३० प्रतिशत रहेको छ। यस कम्पनी अध्यक्ष चेतन प्रधान हुन् भने अन्य संचालकमा गणेश कार्की, बटु लामिछाने, निभिता प्रधान, र स्वतन्त्र संचालकमा दल बहादुर विष्ट रहेका छन् ।









