Wednesday, August 12, 2026
spot_img

होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ बाँडफाँड, ३ लाख ३२ हजार जनाले पाए शेयर

spot_img

होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज फागुन ४ गते सोमबार बिहान शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म आम सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो।  क्यापिटलका अनुसार यस आईपीओमा कुल २६ लाख ६० हजार ४ सय ५२ जनाको आवेदन परेको थियो। जस मध्ये २३ लाख ७१ हजार ३ सय १५ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस्मा ३ लाख ३२ हजारले जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...

कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु...

थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग...

नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड

हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी...

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...
spot_img