Sunday, August 16, 2026
spot_img

वैदेशिक रोजगारीमा रहेकाले रिजलाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

spot_img

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले रिज लाइन इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले पुस १३ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  १ लाख ४२ हजार २ सय कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २० लाख कित्ता शेयर लगानी रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ

जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ?

साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...

नेपालमै बनेको विद्युतीय स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका...

एनएमबि क्यापिटलका ३ म्युचुअल फण्डको लाभांश घोषणा

एनएमबि क्यापिटलले संचालन गरेको ३ वटा म्युचुअल फण्डको लाभांश...
spot_img