स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले १ करोड २१ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८८ लाख ५४ हजार खुद घाटामा थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ९९ लाखबाट बढेर ५ करोड २५ लाख पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी ३ करोडबाट ५९ लाखबाट बढेर ६ करोड ३५ लाख पुगेको छ। कम्पनीको संचालन मुनाफा १ करोड ७४ लाख पुगेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा ४१ लाख ६८ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य प्रति शेयर नाफा ७.२२ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २८.४३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४६.६१ रुपैयाँ रहेको छ।
५ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २ करोड २७ लाख रुपैयाँ रहेको छ।









