आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३८ पैयाँ तोकिएको छ ।









