Sunday, August 16, 2026
spot_img

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

spot_img

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि फेरि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कार्तिक २१ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि नेपाल एसबिआई बैंकलाई बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आवेदन दिएको भएपनि नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको भन्दै बोर्डले आईपीओको पाईपलाइनबाट हटाइदिएको थियो। अहिले कम्पनीले नेटवर्थ ९० रुपैयाँभन्दा माथि पुर्याएर फेरि आवेदन दिएको हो।

यस कम्पनीले ठमेलमा ‘रमादा इन्कोर काठमाडौँ ठमेल’ को नामबाट ४ तारे होटेल संचालन गरिरहेको छ। कम्पनीका अध्यक्ष जगन्नाथ ज्ञवाली हुन् । कम्पनीमा उनको ५६ प्रतिशत शेयर स्वामित्व रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ

जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ?

साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...
spot_img