Sunday, August 16, 2026
spot_img

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

spot_img

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर ५ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति मागेको हो। शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यो कम्पनी भुषाल ग्रुप अन्तर्गतको हो । यो कम्पनी पहिले भुषाल केवल एण्ड वायर इन्डष्ट्रिज प्रालिको नाममा रहेकोमा गत जुलाईमा पब्लिक लिमिटेड कम्पनी बनेर नाम पनि परिवर्तन गरिएको हो । भैरहवामा फ्याक्ट्री रहेको सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै केवल तथा तार उत्पादन गर्दै आएको छ । कम्पनीले Multi-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादन गर्दै आएको छ।

यस कम्पनीका अध्यक्ष अंकित भुसाल रहेका छन् । उनका अनुसार आईपीओबाट संकलित रकम कम्पनीले नेपालमै पहिलोपटक ‘अण्डरग्राउण्ड केवल’ उत्पादन सुरु गर्नमा लगानी गर्नेछ । यसबाट नेपाललाई विद्युत सामग्रीको उत्पादनमा आत्मनिर्भर बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, अत्याधुनिक प्रविधि प्रयोग गरेर आल्मुनियम फर्नेन्स प्लान्टसमेत जडान गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ । कम्पनीको ५ वटा प्रदेशमा गरि २१५ वटा डिलर रहेका छन् ।

आईपीओ निष्काशनपछि केवल उत्पादन गर्ने पहिलो सूचीकृत कम्पनी नै सारथी केवल हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ

जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ?

साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...
spot_img