Sunday, August 16, 2026
spot_img

सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने म्याद थपियो

spot_img

सिटिजन्स क्यापिटलले निष्काशन गरेको नयाँ सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ। म्याद थप भएसंगै अब यस निष्काशनमा पुस १८ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि सो अगावै पर्याप्त आवेदन परेमा सो अगावै नै सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलले पुस ४ गतेदेखि सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सन्तुलित योजनाको इकाई निष्काशन गरेको हो। यो १० वर्ष अवधिको बन्दमुखी योजना हो।

यस योजनाको आकार १ अर्ब रुपैयाँको रहेको छ । जसमा प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ । बाँकि रहेको बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यसमा आवेदन दिँदा न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ९ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...

आईपीओ निष्कासन गर्दै जेमिनी रिसाइकल, अब नेपालमै हुनेछ ईभीका ब्याट्रीको रिसाइकलिङ

जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

पाँचतारे होटलमा डेढ सय सिलिण्डर ग्यास स्टक हुनु ‘कालोबजारी’ हो ?

साउन २८ गते उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री गौरी यादवको...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

एस.टी.सी. इनर्जी इन्डस्ट्रिजद्वारा १५० भन्दा बढी सवारीसाधनको ब्याट्री परीक्षण

नेपालमै गुणस्तरीय ब्याट्री उत्पादनका लागि लागि परेको एस.टी.सी. इनर्जी...
spot_img