Saturday, June 27, 2026
spot_img

त्रुटी भएको भन्दै अर्को दिन फेरि बाँडफाँड गरियो झापा इनर्जीको आईपीओ

spot_img
spot_img

झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड गर्दा प्राविधिक त्रुटी भएको पाईएको छ । प्राविधिक त्रुटी भएको भन्दै बिक्री प्रबन्धक हिमालयन क्यापिटलले भदौ ९ गते गरिएको बाँडफाँडलाई रद्द गर्दै भदौ १० गते ति शेयर पुन: बाँडफाँड गरेको छ ।

कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई ३ लाख ८० हजार १ सय ९० कित्ता शेयर निष्काशन गरेको थियो । भदौ ९ गते सोमबारका दिन स्थानीयलाई बाँडफाँड गरिएको शेयरमा प्राविधिक त्रुटिका कारण अन्यथा हुन गएको भन्दै भदौ १० गते मंगलबारका उक्त साधारण शेयरको पुनः बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको साधारण शेयर पुनः बाँडफाँडमा परेका आवेदकहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट: www.himalayancapital.com बाट हेर्न सकिने क्यापिटलले उल्लेख गरेको छ । बाँडफाँडमा नपरेका शेयर वापतको बाँकी रकम नियमानुसार सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तरण गरिने क्यापिटलले जनाएको छ । सोबाट नियमक निकाय तथा आवेदकहरुलाई पर्न गएको असुबिधाको लागि निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकले क्षमा मागेका छन् ।

भदौ ९ गते नै  वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ पनि बाँडफाँड भएको थियो। सो बाँडफाँड भने यथावत छ।

यस संगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।  धितोपत्र बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता शेयर निष्काशन गर्ने छ।

कम्पनीले झापामा १० मेगावाट क्षमताको सोलार आयोजना निर्माण सम्पन्न गरि २०८० माघ १० गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img