Thursday, August 27, 2026
spot_img
spot_img

अमुदी फुड्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

spot_img

अमुदी फुड्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्झौता कार्यक्रममा अमुदी फुड्स लि.को को तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले प्रति शेयर अंकित मुल्य रु.१०० का दरको २० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो ।

यस कम्पनीकोे कर्पोरेट अफिस काठमाण्डौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर न.पा.वडा नं. १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको लगानी रहेको छ ।

अमुदी फुड्स लिमिटेडले U-n-Me ब्रान्डद्वारा गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ । स्न्याक्सको क्षेत्रमा U-n-Me Cheesy Cheese Ring, U-n-Me Cheese Ball, U-n-Me Masala Munch, U-n-Me Pomess, U-n-Me Potato Chacker, U-n-Me Tangy Tomato Ring, U-n-Me Akabara Chatpate, U-n-Me Grand, U-n-Me Fire Ball, U-n-Me Mixed Dalmotha, U-n-Me Plain Bhujia, U-n-Me Any Time Dalmotha, U-n-Me Aloo Bhujia र U-n-Me Salted Penauts का साथै U-n-Me Masala  जस्ता उत्पादनहरु बजारमा लोकप्रिय रहँदै आएको ब्रान्डले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रुपमा अघि सारेको छ ।

उद्योगबाट उत्पादित U-n-Me ब्रान्डको प्रोडक्टले स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । यस उद्योगको क्षमता अभिवृद्धि गरी नुडल्स उत्पादन मार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा U-n-Me लाइ एक प्रतिष्पर्धी ब्रान्डको रुपमा स्थापित गर्ने विश्वास लिएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...