Thursday, November 13, 2025
spot_img

अमुदी फुड्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

spot_img

अमुदी फुड्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्झौता कार्यक्रममा अमुदी फुड्स लि.को को तर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कम्पनीले प्रति शेयर अंकित मुल्य रु.१०० का दरको २० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको हो ।

यस कम्पनीकोे कर्पोरेट अफिस काठमाण्डौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर न.पा.वडा नं. १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको लगानी रहेको छ ।

अमुदी फुड्स लिमिटेडले U-n-Me ब्रान्डद्वारा गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको छ । स्न्याक्सको क्षेत्रमा U-n-Me Cheesy Cheese Ring, U-n-Me Cheese Ball, U-n-Me Masala Munch, U-n-Me Pomess, U-n-Me Potato Chacker, U-n-Me Tangy Tomato Ring, U-n-Me Akabara Chatpate, U-n-Me Grand, U-n-Me Fire Ball, U-n-Me Mixed Dalmotha, U-n-Me Plain Bhujia, U-n-Me Any Time Dalmotha, U-n-Me Aloo Bhujia र U-n-Me Salted Penauts का साथै U-n-Me Masala  जस्ता उत्पादनहरु बजारमा लोकप्रिय रहँदै आएको ब्रान्डले अब नुडल्स उत्पादनलाई पनि रणनीतिक रुपमा अघि सारेको छ ।

उद्योगबाट उत्पादित U-n-Me ब्रान्डको प्रोडक्टले स्वदेश तथा विदेशमा नेपाली स्वादको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । यस उद्योगको क्षमता अभिवृद्धि गरी नुडल्स उत्पादन मार्फत बजार विस्तार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा U-n-Me लाइ एक प्रतिष्पर्धी ब्रान्डको रुपमा स्थापित गर्ने विश्वास लिएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...

जाँचबुझ आयोगले निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमणमा लगायो रोक

भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले...
spot_img
spot_img
spot_img