Friday, August 7, 2026
spot_img

 बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था देखिएको छैन : गभर्नर पौडेल

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले देशमा उत्पन्न पछिल्ला विभिन्न घटनाहरूले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण (ब्यालेन्ससिट) बिग्रिएको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले यस्तो बताएका हुन्। बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको समेत उनको भनाइ थियो।

त्यस्तै उनले अहुले पैसा धेरै हुँदा पनि समस्या भएको बताए।  पैसा प्रर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको उनको भनाई थियो ।

‘सबै तिरबाट पुस् गर्दा पनि गाह्रो छ । अहिले हामीसँग प्रर्याप्त पैसा छ । तर,लगानी हुन सकेको छैन, क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षेत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या कहिले पैसा धेरै भएर समस्या भयो,’ उनले भने ।

लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको उनले बताए । लगानीका लागि हरेक क्षेत्र खुला भएपनि लगानीकर्ताको मनोबल कमजोर बनेको उनको भनाइ छ ।

‘विगतमा बैंक, बीमा, एयरलाइन्स, टेलिकम, विद्यालय, हस्पिटल, घरजग्गा लगायत क्षेत्रमा लगानी गरिन्थ्यो । तर, पछिल्लो समय यी क्षेत्रमा लगानी बन्द छ । कित्ताकाट पनि बन्द गरेपछि रियलस्टेट सुस्त भयो । विद्यालयल, हस्पिटल लगायत सबै बन्द भयो । अब के मा लगानी गर्ने त ?,’ उनले भने, ‘निजी क्षेत्रलाई अनुमति दिनु पर्याे भन्ने लाइसेन्सका लागि मारामार हुन्छ । त्यसैले कन्फिडेन्स छैन ।’

उनका अनुसार २०५८÷६० सालसम्म १ खर्ब रुपैयाँको बजेट थियो । तर, अहिले बजेटको आकार १८÷१९ खर्ब पुग्दा पनि अवस्था परिवर्तन नभएको उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...
spot_img