Saturday, August 8, 2026
spot_img

स्वस्तिक लघुवित्तको प्रगति: ३ महिनाको नाफा ३९.९१ लाख, बाड्न मिल्ने नाफा १ करोड ८० लाख

spot_img

हालै आईपीओ निष्काशन गरेको स्वस्तिक लघुवित्तले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले ३९ लाख ९१ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी ७ लाख ८७ हजार खुद घाटामा थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५१.५६ प्रतिशतले बढेर २ करोड ४ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल संचालन आम्दानी २१७.४९ प्रतिशतले बढेर २ करोड ३५ लाख पुगेको छ । यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गतको छुट्याएको रकम बढेर ७६ लाख १३ हजार पुगेको छ।  कम्पनीको संचालन नाफा ५७ लाख १ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ८० लाख रुपैयाँ पुगेको छ  । कम्पनीको वितरणयोग्य प्रति शेयर आम्दानी ३१.३१ रुपैयाँ रहेको छ ।  यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २७.१३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५०.०३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १२.७६ प्रतिशत कायम भएको छ।

५ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ करोड ८ लाख रुपैयाँ रहेको छ।

कम्पनीले हालै आईपीओ निष्काशन गरेकोमा गत कार्तिक २५ गतेदेखि कम्पनीको शेयर नेप्सेमा कारोबार भईरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img