Sunday, June 14, 2026
spot_img

एनआईसी एशिया क्यापिटलद्वारा ५२.५३ प्रतिशत नगद लाभांश घोषणा

spot_img
spot_img

एनआईसी एशिया क्यापिटल लिमिटेडले आ.व. २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। क्यापिटलको २०८१/०४/१६ गते सम्पन्न संचालक समितिको १४३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले  आर्थिक वर्ष २०८० / ०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित ) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने निर्णय गरेको हो । क्यापिटलले भाद्र ११ गते साधारणसभा बोलाएको छ । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको सहायक कम्पनी भएकोले यो लाभांश एनआईसी एशिया बैंकले पाउने छ ।

क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको जनाउदै आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुने क्यापिटलले उल्लेख गरेको छ ।

क्यापिटल आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुऱ्याउन ” अव लाईनमा होइन, क्यापिटलको सेवा Online मा” भन्ने मुल नाराका साथ अगाडी बढेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु Online मार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको जनाएको छ।

यो पनि : एनआईसी एशिया क्यापिटलका ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img