एनआईसी एशिया क्यापिटलद्वारा ५२.५३ प्रतिशत नगद लाभांश घोषणा

spot_img

एनआईसी एशिया क्यापिटल लिमिटेडले आ.व. २०८०/०८१ को मुनाफाबाट शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। क्यापिटलको २०८१/०४/१६ गते सम्पन्न संचालक समितिको १४३औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले  आर्थिक वर्ष २०८० / ०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित ) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने निर्णय गरेको हो । क्यापिटलले भाद्र ११ गते साधारणसभा बोलाएको छ । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको सहायक कम्पनी भएकोले यो लाभांश एनआईसी एशिया बैंकले पाउने छ ।

क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको जनाउदै आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुने क्यापिटलले उल्लेख गरेको छ ।

क्यापिटल आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुऱ्याउन ” अव लाईनमा होइन, क्यापिटलको सेवा Online मा” भन्ने मुल नाराका साथ अगाडी बढेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु Online मार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको जनाएको छ।

यो पनि : एनआईसी एशिया क्यापिटलका ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...