आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ३ रुपैयाँ तोकिएको छ ।









