युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति दिएर कम्पनीको आउँदो साधारणसभाबाट पारित भएपछि उक्त लाभांश सेयरधनीमा वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड रहेको छ ।













