कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज मिति तय गरेको छ । पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।











