निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बाढी प्रभावितहरुका लागि संकलित राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने भएको छ । राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृह मन्त्रालयको निर्णय अनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले सडक यातायात सहज नभएसम्मका लागि भाडादर पनि साविककै कायम गरिएको जनाएको छ ।











