Saturday, August 29, 2026
spot_img
spot_img

ग्लोबल आइएमईको मोबाइल बैंकिङ एपमार्फत सरकारको उद्दार कोषमा सहयोग गर्ने सुविधा

spot_img

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो । यस सुविधामा खाता छनोट, योगदानकर्ताको नाम र रकम उल्लेख गरी सरल तवरले सहयोग रकम पठाउन सकिने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ केवल कारोबारमै सीमित नरही आवश्यक परेको बेला प्रभाव पार्ने माध्यम पनि बन्नुपर्ने बैंकको भनाइ छ । यसै सन्दर्भमा बैंकले प्रविधिमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाख ५१ हजार बराबरको औषधि सहयोग

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा...

नाडा अटो शो: कुन बैंकले कति ब्याजदरमा दिँदैछन् फाइनान्सिङ सुविधा ?

१८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो...

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...

पृथ्वी राजमार्ग सञ्चालनमा आयो

बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ...