Saturday, August 29, 2026
spot_img
spot_img

८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग

spot_img

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छिन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो ।

व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्ष भइसकेकी छिन् । उनले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपलब्ध गराएकी हुन् ।

सो क्रममा राणाको कार्यालयमा काम गर्ने कर्मचारीहरूले आफ्नै तर्फबाट ८० हजार रुपैयाँ सहयोग पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि तयारी गरेकी छिन् । अर्थ र गृह मन्त्रालयसँग समन्वय गरेर आवश्यक परेको स्थानमा सो रकम बराबरको सहयोग गर्ने उनले प्रतिवद्धता जनाएकी छिन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...