बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

spot_img

भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क बिहिन अवस्थामा रहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न आयोजनामा कार्यरत ९३४ जना व्यक्तिहरु अझै हराइरहेका छन् ।

रसुवातर्फ २१६ मेगावाट क्षमताको निर्माणाधिन माथिल्लो त्रिशुली १ आयोजनाका ५७६ जना, सञ्चालनमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाका ९३ जना र निर्माणाधिन १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी आयोजनाबाट ४ जना मानिसहरु हराइरहेको इप्पानले जनाएको छ ।

यस्तै, सञ्चालनमा रहेको २० मेगावाट क्षमताको लाङटाङ खोला आयोजनाका ४२ जना, सञ्चालनमा रहेको २२ मेगावाट क्षमताको चिमिले आयोजनाबाट ८ जना, सञ्चालनमै रहेको ५ मेगावाट क्षमताको मेलुङ खोलाबाट ७ जना सम्पर्क बिहिन अवस्थामा रहेको इप्पानको भनाइ छ ।

यसैगरी, नुवाकोटतर्फ निर्माणाधिन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी आयोजनाबाट १५८ जना, सञ्चालनमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए आयोजनाबाट ४२ जना, सञ्चालनमा रहेको २४ मेगावाट क्षमताको त्रिशुली जलविद्युत आयोजनाबाट १ जना र १४.१ मेगावाट क्षमताको देविघाट जलविद्युत आयोजनाबाट १ जना हराइरहेका छन् ।

१५.६ मेगावाट क्षमताको निर्माणाधिन मिडल त्रिशुली गंगा आयोजनाबाट २ जना व्यक्तिहरु पनि हराइरहेको इप्पानले जानकारी गराएको छ ।

इप्पानका अनुसार हालसम्म २१६ मेगावाट क्षमताको अपर त्रिशुली १ का २५४ जनाको मात्रै उद्वार हुन सकेको र लाङटाङ, अपर त्रिशुली– १, त्रिशुली ३ ए र चिलिमे जलविद्युत आयोजनाहरुमा फसेका व्यक्तिहरुको तत्काल उद्वार आवश्यक रहेको छ । यसका लागि हेलिकप्टरको प्रबन्ध गर्ने प्रयास भइरहेको इप्पानले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...