Friday, August 28, 2026
spot_img
spot_img

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज पुस ६ गते आइतबार ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभाको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेका कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ६ गते अन्तिम दिन हो।

जस अनुसार आजसम्म कायम शेयरधनीले मात्र सिंगटी हाइड्रो, तारागाउँ रिजेन्सी होटेल, नेपाल हाइड्रो डेभलपर, नेपाल लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको लाभांश पाउन सक्ने छन् ।

सिंगटी हाइड्रोले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस २१ गते साधारणसभा बोलाएको छ।

तारागाउँ रिजेन्सी होटेलले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस २३ गते साधारणसभा बोलाएको छ।

नेपाल हाइड्रो डेभलपरले ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस २३ गते साधारणसभा बोलाएको छ।

नेपाल लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस १९ गते साधारणसभा बोलाएको छ।

महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस २१ गते साधारणसभा बोलाएको छ।

यी कम्पनीका आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...