सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६४२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
कम्पनीले पुस ४ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।









