सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत १५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने लाभांश गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९५ करोड रहेको छ।
कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।











