४० म्युचुअल फण्ड र १० सूचीकृत कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ? (सूचीसहित)

spot_img
spot_img

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरु र सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (असोज २ गते बिहान ११ बजे) सम्म ४० वटा म्युचुअल फण्डहरु र १० वटा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका ४० वटा म्युचुअल फण्ड मध्ये सानिमा लार्ज क्याप फण्डले सर्वाधिक २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यद्यपि यो फण्डले यस अघि आथिक वर्ष २०८०/८१ बाट घोषणा गरिएको लाभांश रद्द गरि आर्थिक वर्ष २०८१/८२ को लागि नयाँ लाभांश दर घोषणा गरेको हो। यस हिसाबमा यस फण्डले घोषणा गरेको लाभांश दुई आर्थिक वर्षको कमाईबाट आएको हो।

सानिमा लार्ज क्याप फण्डपछि लक्ष्मी उन्नति कोष, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र आरविवि म्युचुअल फण्ड १ ले सर्वाधिक २० प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै सनराइज ब्लु चिप फण्डले १९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले १७ प्रतिशत तथा शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

हालसम्म लाभांश घोषणा गरेका फण्ड मध्ये मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश सबै भन्दा कम अर्थात् ३.८० प्रतिशत छ। हालसम्म लाभांश घोषणा गरेका ४० वटा फण्ड मध्ये ७ वटा खुलामुखी फण्ड छन् । हालसम्म लाभांश घोषणा गरेका ४० फण्डको औषत लाभांश १२.२९ प्रतिशत रहेको छ।

त्यस्तै हालसम्म १० वटा सूचीकृत कम्पनीले लाभांश घोषणा गरेका छन् । हालसम्म नेपाल ल्युब ओइल लिमिटेड, एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक,  सिक्लेस हाइड्रो, मिड सोलु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, अरुण भ्याली हाइड्रो, माछापुच्छ्रे बैंक र निफ्रा बैंकले लाभांश घोषणा गरेका हुन् । यी मध्ये नेपाल ल्युब आयलले सर्वाधिक २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ भने  एभरेष्ट बैंकले २० प्रतिशत लाभांश घोषणा गरेको छ।

हेर्नुस् हालसम्म कुन फण्डले कति घोषणा गर्यो लाभांश ?  

हेर्नुस् हालसम्म कुन सूचीकृत कम्पनीले कति घोषणा गरे लाभांश ? 

 

यस अघि : SIP मा प्रतिफल: यस वर्ष ओपन म्युचुअल फण्डको औषत लाभांश ८.३९ प्रतिशत

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर बेच्नु अघि सूचना दिनु पर्ने नियम विरुद्द परेको रिटमा सर्वोच्चको यस्तो आदेश

आधारभूत सेयरधनीले शेयर बेच्नुभन्दा अगाडि नै पूर्व सूचना दिनु...

एनपीएलमा कर्पोरेट सपोर्ट: Xtreme र Red Bull बीच रोचक प्रतिस्पर्धा

नेपाली क्रिकेटको उत्सवका रुपमा लिन थालिएको ‘नेपाल प्रिमियर लिग’...

ग्लोबल आइएमईलाई लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले लगातार तेस्रो पटक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक...

माउण्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

माउण्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कार्तिक...

बढ्यो सुनचाँदीको भाउ

आज सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार प्रति तोला...

विकास हाइड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ४.५५ मे.वा. क्षमताको माथिल्लो माछाखोला...