Wednesday, July 15, 2026
spot_img

SIP मा प्रतिफल: यस वर्ष ओपन म्युचुअल फण्डको औषत लाभांश ८.३९ प्रतिशत

spot_img

संचालनमा रहेका ७ वटा खुलामुखी सामुहिक लगानी कोष योजनाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरेका छन्।

लक्ष्मी सनराइज क्यापिटलको शुभ लक्ष्मी कोष, नबिल इन्भेष्टमेन्टको नबिल फ्लेक्सी क्याप फण्ड, कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनआईएमबि एस क्यापिटलको एनआईबिएल सहभागिता फण्ड, एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेट फण्ड, र एनएमबि क्यापिटलको एनएमबि सरल बचत फण्ड ई ले लाभांश घोषणा गरेका हुन्।

यी ७ फण्ड मध्ये शुभलक्ष्मी कोषले सर्वाधिक १६ प्रतिशत लाभांश दिने भएको छ। यस वर्ष दोहोरो अंकको लाभांश दिने खुलामुखी फण्डमा शुभ लक्ष्मी कोष मात्र रहेको छ। त्यस्तै नबिल फ्लेक्सी क्याप फण्डले ९ प्रतिशत, कुमारी सुनौलो लगानी योजनाले ८.८८ प्रतिशत, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ८ प्रतिशत, र एनआईबिएल सहभागिता फण्डले ७ प्रतिशत लाभांश दिने भएका छन् । एनआईसी एशिया डायनामिक डेट फण्डले ५.५५ प्रतिशत र एनएमबि सरल बचत फण्ड ई ले ४.२७ प्रतिशत लाभांश दिने भएका छन् ।

कम्तिमा एक वर्ष पुराना भएका सबै ओपन म्युचुअल फण्डले यस वर्ष लाभांश दिने भएका छन् । एनएमबि र सिद्धार्थको फण्डले यस वर्ष पहिलो पटक लाभांश दिएका हुन् । यी ७ वटा म्युचुअल फण्डको लाभांशलाई आधार मान्दा यस वर्ष ओपन म्युचुअल फण्डले दिएको औषत लाभांश ८.३९ प्रतिशत रहेको छ।

सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्ड र प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम भने संचालनको ६ महिना अवधि मात्र भएकोले यस वर्ष लाभांश दिने छैनन्।

यी बाहेक थप ३ वटा खुलामुखी सामुहिक लगानी कोष योजना बजारमा थपिदै छन्। सिटिजन्स क्यापिटलले संचालन गर्ने सिटिजन्स सदावहार योजनाले योजनाको इकाई निष्काशन गरि हालै बाँडफाँड गरिसकेको छ। त्यस्तै एनआईसी र नबिलले आफ्नो दोस्रो खुलामुखी योजनाको इकाई निष्काशन गर्दै छन् । एनआईसीले साउन २९ देखि एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई निष्काशन गर्दै छ भने नबिल इन्भेष्टमेन्टले  साउन ३० गतेदेखि एनआई ३१ फण्डको इकाई निष्काशन गर्दै छन्।

त्यस्तै माछापुच्छ्रे क्यापिटलले माछापुच्छ्रे एसआईपी योजना र हिमालयन क्यापिटलले हिमालयन दिर्घकालिन बचत योजना नामको खुलामुखी सामुहिक लगानी योजनाको इकाई निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन्। यी २ वटाले पनि अनुमति पाएपछि नेपालमा ओपन म्युचुअल फण्डको संख्या १४ पुग्ने छ।

व्यवस्थित लगानी योजना SIP को कारण पछिल्लो समय ओपन म्युचुअल फण्डको आकर्षण बढ्दो छ। ओपन म्युचुअल फण्डमा लाभांश पुन: लगानी गर्ने विकल्प रहन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...
spot_img