सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरु र सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (भदौ २० गते बिहान ११ बजे) सम्म ४० वटा म्युचुअल फण्डहरु र ६ वटा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका ४० वटा म्युचुअल फण्ड मध्ये सानिमा लार्ज क्याप फण्डले सर्वाधिक २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यद्यपि यो फण्डले यस अघि आथिक वर्ष २०८०/८१ बाट घोषणा गरिएको लाभांश रद्द गरि आर्थिक वर्ष २०८१/८२ को लागि नयाँ लाभांश दर घोषणा गरेको हो। यस हिसाबमा यस फण्डले घोषणा गरेको लाभांश दुई आर्थिक वर्षको कमाईबाट आएको हो।
सानिमा लार्ज क्याप फण्डपछि लक्ष्मी उन्नति कोष, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र आरविवि म्युचुअल फण्ड १ ले सर्वाधिक २० प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै सनराइज ब्लु चिप फण्डले १९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले १७ प्रतिशत तथा शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।
हालसम्म लाभांश घोषणा गरेका फण्ड मध्ये मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश सबै भन्दा कम अर्थात् ३.८० प्रतिशत छ। हालसम्म लाभांश घोषणा गरेका ४० वटा फण्ड मध्ये ७ वटा खुलामुखी फण्ड छन् । हालसम्म लाभांश घोषणा गरेका ४० फण्डको औषत लाभांश १२.२९ प्रतिशत रहेको छ।
त्यस्तै हालसम्म ६ वटा सूचीकृत कम्पनीले लाभांश घोषणा गरेका छन् । हालसम्म एभरेष्ट बैंक, सिक्लेस हाइड्रो, मिड सोलु हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, माछापुच्छ्रे बैंक र निफ्रा बैंकले लाभांश घोषणा गरेका हुन् । यी मध्ये एभरेष्ट बैंकले सर्वाधिक २० प्रतिशत लाभांश घोषणा गरेको छ भने सिक्लेस हाइड्रो र मिड सोलु हाइड्रोले समान १५.७८९ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
हेर्नुस् हालसम्म कुन फण्डले कति घोषणा गर्यो लाभांश ?

हेर्नुस् हालसम्म कुन सूचीकृत कम्पनीले कति घोषणा गरे लाभांश ?

यस अघि : SIP मा प्रतिफल: यस वर्ष ओपन म्युचुअल फण्डको औषत लाभांश ८.३९ प्रतिशत









