Sunday, August 30, 2026
spot_img
spot_img

३६ म्युचुअल फण्ड र ३ सूचीकृत कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ? (सूचीसहित)

spot_img

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरु र सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (भदौ १३ गते साँझ ६ बजे) सम्म ३६ वटा म्युचुअल फण्डहरु र ३ वटा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका ३६ वटा म्युचुअल फण्ड मध्ये सानिमा लार्ज क्याप फण्डले सर्वाधिक २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यद्यपि यो फण्डले यस अघि आथिक वर्ष २०८०/८१ बाट घोषणा गरिएको लाभांश रद्द गरि आर्थिक वर्ष २०८१/८२ को लागि नयाँ लाभांश दर घोषणा गरेको हो। यस हिसाबमा यस फण्डले घोषणा गरेको लाभांश दुई आर्थिक वर्षको कमाईबाट आएको हो।

सानिमा लार्ज क्याप फण्डपछि लक्ष्मी उन्नति कोष, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र आरविवि म्युचुअल फण्ड १ ले सर्वाधिक २० प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै सनराइज ब्लु चिप फण्डले १९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले १७ प्रतिशत तथा शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

हालसम्म लाभांश घोषणा गरेका फण्ड मध्ये मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश सबै भन्दा कम अर्थात् ३.८० प्रतिशत छ। हालसम्म लाभांश घोषणा गरेका ३६ वटा फण्ड मध्ये ७ वटा खुलामुखी फण्ड छन् । हालसम्म लाभांश घोषणा गरेका ३६ फण्डको औषत लाभांश १२.४१ प्रतिशत रहेको छ।

त्यस्तै हालसम्म ३ वटा सूचीकृत कम्पनीले लाभांश घोषणा गरेका छन् । हालसम्म सिक्लेस हाइड्रो, मिड सोलु हाइड्रो र हाथवे इन्भेष्टमेन्टले लाभांश घोषणा गरेका हुन् । यी मध्ये सिक्लेस हाइड्रो र मिड सोलु हाइड्रोले समान १५.७८९ प्रतिशत लाभांश घोषणा गरेका छन् । कुल लाभांश मध्ये १५ प्रतिशत बोनस हो भने बाँकि कर प्रयोजनको लागि हो । त्यस्तै हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ।

हेर्नुस् हालसम्म कुन फण्डले कति घोषणा गर्यो लाभांश ?  

हेर्नुस् हालसम्म कुन सूचीकृत कम्पनीले कति घोषणा गरे लाभांश ?  

यस अघि : SIP मा प्रतिफल: यस वर्ष ओपन म्युचुअल फण्डको औषत लाभांश ८.३९ प्रतिशत

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...