Sunday, August 30, 2026
spot_img
spot_img

हालसम्म २५ म्युचुअल फण्डको लाभांश घोषणा: सर्वाधिक २१.०५ प्रतिशत हुँदा न्युनतम ३.८०

spot_img

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (साउन २९ गते बिहान ११ बजे) सम्म २५ वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फण्ड, शुभ लक्ष्मी कोष, र लक्ष्मी भ्यालु फण्ड २ रहेका छन् । त्यस्तै कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनआईएमबि क्यापिटलको एनआईबिएल सहभागिता फण्ड रहेका छन् ।  यी बाहेक गरिमा क्यापिटलको गरिमा समृद्धि योजना, र एनएमबि क्यापिटलको एनएमबि सरल बचत फण्ड ई ले पनि घोषणा गरेका छन् । साथै एनआईसी एशिया क्यापिटलको एक खुलामुखी सहित ४ वटै म्युचुफल फण्डले लाभांश घोषणा गरेका छन् ।

लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डले पनि लाभांश गरिसकेका छन् ।  मुक्तिनाथ क्यापिटलको म्युचुअल फण्डले पनि लाभांश घोषणा गरेको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिंगको खुलामुखी सामुहिक लगानी कोष योजना “नबिल फ्लेक्सी क्याप फण्ड”ले पनि लाभांश घोषणा गरेको छ । त्यस्तै सिद्धार्थ क्यापिटलले संचालन गरेका ३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले  लाभांश गरेका छन्।

यी बाहेक आज कुमारी क्यापिटलका ३ वटा बन्दमुखी म्युचुअल फण्ड र सानिमा क्यापिटलका दुई वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेपछि लाभांश घोषणा गर्ने म्युचुअल फण्डको संख्या २५ पुगेको हो।

यी २५ वटा योजना मध्ये सानिमा लार्ज क्याप फण्डले सर्वाधिक २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यद्यपि यो फण्डले यस अघि आथिक वर्ष २०८०/८१ बाट घोषणा गरिएको लाभांश रद्द गरि आर्थिक वर्ष २०८१/८२ को लागि नयाँ लाभांश दर घोषणा गरेको हो। यस हिसाबमा यस फण्डले घोषणा गरेको लाभांश दुई आर्थिक वर्षको कमाईबाट आएको हो।

सानिमा लार्ज क्याप फण्डपछि लक्ष्मी उन्नति कोष, सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले सर्वाधिक २० प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै सनराइज ब्लु चिप फण्डले १९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले १७ प्रतिशत तथा शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

हालसम्म लाभांश घोषणा गरेका फण्ड मध्ये मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश सबै भन्दा कम अर्थात् ३.८० प्रतिशत छ। हालसम्म लाभांश घोषणा गरेका २५ वटा फण्ड मध्ये ७ वटा खुलामुखी फण्ड छन् ।

हेर्नुस् हालसम्म कुन फण्डले कति घोषणा गर्यो लाभांश ?  

 

यस अघि : SIP मा प्रतिफल: यस वर्ष ओपन म्युचुअल फण्डको औषत लाभांश ८.३९ प्रतिशत

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...

त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी

रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका...

बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन

बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने...

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...