Wednesday, July 15, 2026
spot_img

२० म्युचुअल फण्डको लाभांश घोषणा, धेरै दिनेमा लक्ष्मी सनराइज र सिद्धार्थका फण्ड (सूचीसहित)

spot_img

सामुहिक लगानी योजना (म्युचुअल फण्ड)हरुले धमाधम लाभांश घोषणा गरिरहेको छ। हाल (साउन २६ गते बिहान ११ बजे) सम्म २० वटा म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्नेमा लक्ष्मी सनराइज क्यापिटलको सनराइज ब्लु चिप फण्ड, शुभ लक्ष्मी कोष, र लक्ष्मी भ्यालु फण्ड २ रहेका छन् । त्यस्तै कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजना, सिद्धार्थ क्यापिटलको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम, एनआईएमबि क्यापिटलको एनआईबिएल सहभागिता फण्ड रहेका छन् ।  यी बाहेक गरिमा क्यापिटलको गरिमा समृद्धि योजना, र एनएमबि क्यापिटलको एनएमबि सरल बचत फण्ड ई ले पनि घोषणा गरेका छन् । साथै एनआईसी एशिया क्यापिटलको एक खुलामुखी सहित ४ वटै म्युचुफल फण्डले लाभांश घोषणा गरेका छन् ।

लक्ष्मी उन्नति कोष, सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डले पनि लाभांश गरिसकेका छन् ।  मुक्तिनाथ क्यापिटलको म्युचुअल फण्डले पनि लाभांश घोषणा गरेको छ।

नबिल इन्भेष्टमेन्ट बैंकिंगको खुलामुखी सामुहिक लगानी कोष योजना “नबिल फ्लेक्सी क्याप फण्ड”ले पनि लाभांश घोषणा गरेको छ । यी बाहेक आज सिद्धार्थ क्यापिटलले संचालन गरेका ३ म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्म्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले  लाभांश गरेका हुन् ।

यी २० वटा योजना मध्ये लक्ष्मी उन्नति कोष, सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले सर्वाधिक २० प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै सनराइज ब्लु चिप फण्डले १९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले १७ प्रतिशत तथा शुभ लक्ष्मी कोषले १६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका फण्ड मध्ये मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश सबै भन्दा कम अर्थात् ३.८० प्रतिशत छ। हालसम्म लाभांश घोषणा गरेका २० वटा फण्ड मध्ये ७ वटा खुलामुखी फण्ड छन् ।

हेर्नुस् हालसम्म कुन फण्डले कति घोषणा गर्यो लाभांश ?  

यस अघि : SIP मा प्रतिफल: यस वर्ष ओपन म्युचुअल फण्डको औषत लाभांश ८.३९ प्रतिशत

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...

अरुण काबेली पावरले इङ्गवा हाइड्रोपावरको ३ लाख कित्ता शेयर बेच्ने

अरुण काबेली पावर लिमिटेडले इङ्गवा हाइड्रोपावर लिमिटेडको ३ लाख...

बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...
spot_img