सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।
कम्पनीले चैत्र ८ गते साधारणसभा बोलाएको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको १.२४८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
(क) सामान्य प्रस्तावहरु :
१ सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।
२. सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत् सम्बन्धि अनुसूचि तथा NFRS प्रणाली बमोजिम तयार गरिएको वित्तिय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. ०८१।०८२ को लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४, ९५,३०,६५,२२४ ।- (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस मात्र ) को ८ प्रतिशतका दरले हुने रकम रु.३९,६२,४५, २१८ ।- (अक्षरेपी उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार मात्र) बराबरको नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने सम्बन्धमा । बोनस शेयर तथा नगद लाभांशमा लाग्ने लाभांश कर आयकर ऐन, २०५८ को दफा ४७ (क) बमोजिम हुनेछ ।
(ख) विशेष प्रस्तावहरु :
१. कम्पनीको अधिकृत पूँजी पाँच अर्ब दुई करोड कायम गर्ने सम्बन्धमा ।
२. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४, ९५,३०,६५,२२४।- (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस मात्र) को १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६, १८, ५८, ८३२ ।- (अक्षरेपी छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने सम्बन्धमा ।
३. प्रस्ताव नं १ मा प्रस्ताव गरे बमोजिमको बोनस शेयर वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी वृद्धि गरी रु.५,०१,४९,२४,०५६ ।- (अक्षरेपी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न) र चुक्ता पूँजी वृद्धि गरी रु.५,०१,४९,२४,०५६ ।- (अक्षरेपी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न ) पुऱ्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा ।
४. सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा. १० नयाँ बानेश्वरबाट परिवर्तन गरी का.जि.का.म.न.पा. ०१, नक्साल, काठमाडौं कायम गरी सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा ।
५. कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०८०।०८१ मा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.बाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने सम्बन्धमा ।
६. उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।











