सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश गरि कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९३ करोड रहेको छ।











