महिला लघुवित्तले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ।
कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगरी वितरणयोग्य मुनाफालाई संचित गर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।











